बागमती सरकारद्वारा ५ मन्त्रालयको कर्मचारी दरबन्दी तेरिज स्वीकृत

तु खबर संवाददाता
२०८० कार्तिक २३, बिहीबार ०८:३२

मकवानपुर । बागमती प्रदेश सरकारले विभिन्न ५ वटा मन्त्रालयको कर्मचारी दरवन्दी तेरिज स्वीकृत गरेको गरेको छ ।

बुधबार बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद बैठकले प्रदेशको ती मन्त्रालयको कर्मचारी दरवन्दी तेरिज स्वीकृत गरेको आन्तरिक मामिला तथा कानून मन्त्री एवम् सरकारका प्रवक्ता गंगानारायण श्रेष्ठले जानकारी दिए ।

बैठकलले आन्तरिक मामिला तथा कानून मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, संस्कृति पर्यटन तथासहकारी मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र खानेपानी उर्जा तथा सिंचाईमन्त्रालयको कर्मचारी तेरिज स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताए ।

जस अन्तर्गतभौतिक पूर्वाधार विकास मन्त्रालयको ३१७ जना, आन्तरिक मामिला तथा कानुनमन्त्रालय ४८ जना, संस्कृत पर्यटन तथा सहकारी मन्त्रालय १०३ जना, कृषि तथा पशुपन्छी विकासमन्त्रालय ५८३ जना र खानेपानी उर्जा तथा सिंचाई मन्त्रालय ३४६ जनाको दरवन्दी तेरिज स्वीकृत गरिएको प्रवक्ता श्रेष्ठले बताए ।

उनका अनुसार, प्रदेश सरकार स्थापना पश्चात निर्माण भएका विभिन्न २१ वटा निकायको अस्थायी दरबन्दीलाई स्थायी गर्ने प्रक्रिया अघि बढाउन कर्मचारीहरुको दरबन्दी तेरिज स्वीकृत गरेको हो ।

यसअघि गत असोज १५ मा बसेको मन्त्रिपरिषद् बैठकले ६ मन्त्रालयको कर्मचारी दरबन्दी तेरिज स्वीकृत गरेको थियो ।