भूकम्प प्रभावित क्षेत्रमा एमालेले १ हजार स्वयंसेवक खटाउने

तु खबर संवाददाता
२०८० कार्तिक २२, बुधबार १६:५७
file-photo

काठमाडौं । नेकपा एमालेले भूकम्प प्रभावित क्षेत्रमा १ हजार स्वयंसेवक खटाउने भएको छ ।

एमालेको बुधबार बसेको सचिवालय बैठकले जाजरकोट र रुकुम पश्चिका भूकम्प पीडितको आवास निर्माणमा एक हजार स्वयंसेवक खटाउने निर्णय गरेको हो ।

उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार, आवास निर्माणका लागि आगामी मंसिर १ गतेबाट एक हजार स्वयंसेवक पार्टीले खटाउने निर्णय गरेको हो ।