टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु

तु खबर संवाददाता
२०८० कार्तिक २२, बुधबार १५:२९
file photo

पाल्पा । पाल्पामा बुधबार टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

पाल्पाको निस्दि गाउँपालिका ७ स्थित ज्यामिरे अरुणखोला भित्री कच्ची सडकमा चुनढुङ्गा लिएर आएको लु २ ख ५२९ नम्बरको टिपर ब्रेक फेल भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा पाल्पाको पूर्वखोला गाउँपालिका २ बस्ने १९ वर्षकी दिलकुमारी आले रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, दुर्घटनामा परेर उनको घटनास्थलमै मृत्यु भएको हो ।

यस्तै, सोही दुर्घटनामा परेर पाल्पाको तीन जना घाइते भएका छन् । घाइते हुनेहरुमा निस्दि गाउँपालिका वार्ड ७ की २५ वर्षकी हिमाली आले, चालक मकवानपुर जिल्ला मनोहरी गाउँपालिका ९ बस्ने २६ वर्षीय अञ्जन सुनार र सहचालक मकवानपुरको हेटौंडा नगरपालिका ९ बस्ने २४ वर्षीय आशिष सुनार रहेका छन् ।

घाइतेहरूलाई थप उपचारका लागि नवलपुरतर्फ पठाइएको प्रहरीले जनाएको छ । उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।