प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठक बोलायो
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले सर्वदलीय बैठक आह्वान गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले आज दिउँसो २ बजे बस्ने सरी सर्वदलीय बैठक बोलाएका हुन् । बैठक सिंहदरबारमा बस्ने भएको हो ।
प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग छलफल गर्न बैठक बोलाइएको जानकारी दिए ।
उनका अनुसार, बैठकमा भूकम्प प्रभावित क्षेत्रको बारेमा छलफल हुनेछ ।
गत कात्तिक १७ गते शुक्रवार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प भएको थियो । सो भूकम्पमा मानवीयका साथै भौतिक रूपमा ठुलो क्षति पुगेको छ ।
