सोमबार गएको परकम्पबाट १३ जना घाइते

तु खबर संवाददाता
२०८० कार्तिक २१, मंगलवार ०९:२१
file-photo

काठमाडौं । जाजरकोटमा सोमबार गएको परकम्पबाट १३ जना घाइते भएको छ । सोमबार अपराह्न साढे ४ बजेको समयमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको परकम्पबाट उनीहरु घाइते भएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, पराकम्पबाट जाजरकोटमा २ जना र रुकुम पश्चिममा ११ जना घाइते भएका हुन् ।

राहत र पुनस्र्थापनाका लागी दुई जिल्लाको विपद् व्यवस्थापन कोषमा ५–५ करोड निकाशा गरिएको गृह मन्त्रलयका प्रवक्ता (सहसचिव) नारायण प्रसाद भट्टराईले जानकारी दिए ।

यस्तै, मन्त्रालयको समन्वयमा जाजरकोटमा ३ हजार ६५५ थान ब्ल्याङ्केट, ३ हजार ४०९ थान त्रिपाल, ५३६ थान म्याट्रेस र ६२ थान स्लिपिङ ब्याग वितरण गरिएको प्रवक्ता भट्टराईले बताए ।

यसैगरी, रुकुम पश्चिममा टेण्ट १० थान, त्रिपाल १ हजार ७ थान, ६ सय थान म्याट्रेस र १ हजार थान कम्बल सहितका सामग्री वितरण गरिएको उनले बताए ।