हेटौंडामा सवारी दुर्घटना हुँदा एक जना घाइते

तु खबर संवाददाता
२०८० कार्तिक २०, सोमबार १५:३५

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ स्कुलरोडस्थित भित्रि सडकखण्डमा आज बिहान सवारी दुर्घटना हुँदा एक जना घाइते भएका छन् ।

बिहान ४ः४० बजेको समयमा बसपार्कबाट स्कुलरोडतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००५ प ४२२२ नम्वरको स्कुटरले सोही स्थामा पार्किङ गरी राखेको प्रदेश नं.३–०१ ०२२ च ४८०२ नं.को कारलाई ठक्कर दिई दुर्घटना हुँदा एक जना घाइते भएका हुन् ।

घाइते हुनेमा स्कुटर चालक हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ सानोपोखरा बस्ने अन्दाजी २५ वर्षीय प्रकाश बल रहेको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, घाइते बलको टाउ, बांया हात र दायां खुट्टामा चोट रहेको र उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।

प्रहरीले स्कुटर र कारलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।