जाजरकोटमा भुकम्पका कारण मृत्यु भएका ९२ जनाको सनाखत
काठमाडौं । जाजरकोटमा भुकम्पका कारण मृत्यु भएका ९२ जनाको सनाखत भएको छ ।
जिल्लाको रामेडाडाँ केन्द्रबिन्दु भएर गएको शक्तिशालि भुकम्पमा परेर मृत्यु भएका ९२ जनाको सनाखत भएको जाजरकोट प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, सनाखत गरिएकामध्ये ६८ जनाको शव आफन्तलाई जिम्मा लगाइएको छ ।
भुकम्पमा परेर जाजरकोटाका १०५ जनाको मृत्यु भएको थियो । भुकम्पकाका कारण जाजरकोटको भेरी नगरपालिकास्थित खलंगा बजार र नलगाढ नगरपालिकामा धेरै क्षति पुगेको छ ।
