डोटीमा जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु

तु खबर संवाददाता
२०८० कार्तिक १९, आईतवार ०९:१४
file photo

डोटी । डोटीमा आज बिहानै जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । बिहान सवा २ बजेको समयमा धनगढीबाट बाजुरातर्फ जाँदै गरेको ग २ च २७७६ नम्बरको जीप शिखर नगरपालिका–६ को अण्यौलमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परेर बाजुराको हिमाली गाउँपालिका–५ बस्ने २२ वर्षीया राधिका मलाल, ३२ वर्षीया धनशोभा बुढा, उनका ६ वर्षीय छोरा कविद्र बुढा र सोही ठाउँ बस्ने विमला मलालकी ८ महिनाकी छोरी प्रार्थनाको घटनास्थलमै मृत्यु भएको डोटी प्रहरीले जनाएको छ ।

यस्तै, सोही दुर्घटनामा परेर अन्य पाँच जना घाइते भएका छन् । घाइते हुनेहरुमा हिमाली गाउँपालिका–५ बस्ने ३० वर्षीया प्रकास बुढाथापा, सोही ठाउँका २३ वर्षीय खोमबहादुर मलाल, २४ वर्षीय दानबहादुर बुढा २१ वर्षीया विमला मलाल र २१ वर्षीय राजबहादुर मलाल रहेका छन् ।

घाइते उनीहरुको शैलेश्वरी अस्पताल डोटीमा उपचार भइरहेको र घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।