जाजरकोट भुकम्प अपडेट : मृतककोे संख्या १३७ पुग्यो
जाजरकोट । गएराति जाजरकोटको रामेडाँडा केन्द्रविन्दु भएर गएको शक्तिशालि भुकम्पमा परेर मृत्यु हुनेको संख्या १३७ जना पुगेको छ ।
दिउँसो १ बजेको अपडेट अनुसार, उक्त भुकम्पमा परेर जाजरकोटका ९९ र रुकुम पश्चिमका ३८ गरी १३७ जनाको मृत्यु भएको हो ।
जसमध्ये जाजरकोटमा ६९ महिला र ३० पुरुषको मृत्यु भएको हो भने रुकुम पश्चिममा १९ महिला र १९ पुरुषको मृत्यु भएको हो ।
त्यस्तै, भुकम्पमा परेर जाजरकोटमा ८१, रुकुम पश्चिममा ७५, दैलेखमा २, सल्यानमा १ र जुम्लामा ५ जना घाइते भएका छन् ।
