बागमती प्रदेश सरकारले भुकम्प पीडितका लागि डेढ करोड दिने

तु खबर संवाददाता
२०८० कार्तिक १८, शनिबार १६:२४
बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, हेटौंडा । तस्बिरः तु खबर ।

मकवानपुर । बागमती प्रदेश सरकारले जाजरकोट र रुकुम पश्चिम लगायत भुकम्प पीडितका लागि डेढ करोड रुपैयाँ दिने भएको छ ।

बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै सो बारे जानकारी गराएको हो ।

जारी विज्ञप्तिमा भूकम्पबाट घाइते भएकाको उद्दार, राहत र पुनर्स्थापनाका लागि एक करोड ५० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने उल्लेख गरिएको छ ।

यस्तै, प्रदेश सरकारले भुकम्पमा परेर मृत्यु भएका व्यक्तिहरुप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुका साथै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।