भुकम्पमा परेर नगरपालिकाकी उपप्रमुखको मृत्यु

तु खबर संवाददाता
२०८० कार्तिक १८, शनिबार ०९:०६

सुर्खेत । जाजरकोटको नलगाढ नगरपालिकाकी उपप्रमुख सरिता सिंहको भूकम्पमा परेर मृत्यु भएको छ ।

शुक्रबार राति आएको भुकम्पमा परेर सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

प्रहरीका अनुसार, सदरमुकाम खलंगामा सिंह बसेको घर भत्किँदा उनी गम्भीर घाइते भएकी थिइन् । घाइते उनका उद्दार गरी उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो ।

मृतक सिंह गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट उपप्रमुख पदमा निर्वाचित भएकी थिइन् ।