रुकुमलाई केन्द्रित गरी हवाई उडान गर्न निर्देशन

तु खबर संवाददाता
२०८० कार्तिक १८, शनिबार ०८:५६
file-photo

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले नेपाल एयरलाइन्सलाई रुकुमपश्चिमको चौरजहारीलाई केन्द्रित गरेर हवाई उडान गर्न निर्देशन दिएको छ ।

प्रधानमन्त्री दाहालले रुकुमपश्चिम र जाजरकोटका भूकम्प प्रभावितहरुको राहत तथा उद्धारका लागि सहज होस् भनेर सो दिर्नेशन दिएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार, प्रधानमन्त्रीले अन्तको उडान स्थगित गरेर भएपनि रुकुमलाई केन्द्रित गरेर हवाई उडान गर्न नेपाल एयरलाइन्सलाई निर्देशन दिएका हुन् ।

साथै प्रधानमन्त्रीले अन्य एयरलाइन्सहरुलाई स्ट्याण्डबाई अवस्थामा रहन पनि निर्देशन दिएको प्रेस सल्लाहकार आचार्यले बताए ।