जाजरकोटमा लगातार भुकम्पका धक्का महसुस
काठमाडौं । शुक्रबार राति जाजारकोटको रामीडाँडा आसपास केन्द्रबिन्दु भएर गएको भूकम्पपछि लगातार भुकम्पको धक्का महसुस भएको छ ।
शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।
सो भूकम्प लगत्तै १२ बजेर ८ मिनेट जाँदा ४.५ म्याग्न्च्यिुडको भूकम्प गएको थियो । यसको केन्द्रबिन्दु पैंक र रामिडाँडाको आसपास रहेको थियो ।
त्यसपछि फेरी १२ बजेर २९ मिनट जाँदा ४.२ म्याग्निच्युड र १२ बजेर ३५ मिनेट जाँदा ४.३ म्याग्निच्युडको परकम्प गएको थियो ।
