कतिमा कारोबार हुँदैछ सुनचाँदी ?
काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको भाउ बढेको छ । आज सुन प्रतितोला २०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
भाउ बढेसँगै आज छापावाला सुन प्रतितोला १ लाख १५ हजार ९ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १५ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि बिहीबार छापावाला सुन प्रतितोला ७ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख १७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला १ लाख १५ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको भाउ प्रतितोला १५ रुपैयाँले घट्दै १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४०५ रुपैयाँमा कारोबार भएको थियो ।
