जसपाले आज बागमती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम गर्दै

तु खबर संवाददाता
२०८० कार्तिक १७, शुक्रबार ०९:२०

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको बागमती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने भएको छ ।

जसपा बागमती प्रदेश समितिले आज एक दिवसीय प्रशिक्षण कार्यक्रमको आयोजना गर्न लागेको हो । कार्यक्रम सुकेधारास्थित एसआर क्याटरिङमा १२ बजेदेखि सुरु हुनेछ ।

कार्यक्रममा पार्टीका अध्यक्ष उपेन्द्र यादव, सघीय परिषद् अध्यक्ष एवम् शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राई, केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्र प्रसाद श्रेष्ठलगायतका नेताहरुले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

प्रशिक्षण कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा गठन, पुनर्गठन भएका संगठन र समितिका प्रतिनिधि सहभागी रहने जनाइएको छ ।