आज आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने

तु खबर संवाददाता
२०८० कार्तिक १७, शुक्रबार ०९:०८
file-photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने जनाएको छ ।

महाशाखाका अनुसार, हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र त्यसको प्रभावले देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ ।

यस्तै, आज दिउँसो देशको पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनुका साथै देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यसैगरी, आज राति देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने र कोशी, बागमती, गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।