ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, १९ जना घाइते

तु खबर संवाददाता
२०८० कार्तिक १६, बिहीबार ०८:५५

धनगढी । डोटीमा बुधबार साँझ मजदुर बोकेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १८ वर्षीय सालिन राना मास्के मगर रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, जोरायल गाउँपालिका–१ घोरडीमा सुपप्र ०१००२ त ६७२३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा उनको मृत्यु भएको हो ।

यस्तै, सोही दुर्घटनामा परेर अन्य १९ जना घाइते भएका छन् । उक्त ट्याक्टरमा २५ जना मजदुर सवार थिए । तीमध्ये ५ जना भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये पाँच जना उपचारपछि घर फर्किएका भने १४ जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।