काभ्रेमा सवारी दुर्घटना, दुई जनाको मृत्यु
काभ्रे । काभ्रेको पनौती–२ सिलाभंज्याङमामा आज दिउँसो सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
दिउँसो २ः१० बजेको समयमा कुशादेवीबाट नयाँ गाँउतर्फ जाँदै गरेको बा.४ ख.६७२३ पराल लोड निसान गाडी ब्रेक फेल भई सडकबाट अन्दाजी ६०० मिटर तल खसेर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेहरुमा गाडीका चालक काभ्रे पनौती–२ कुशादेवी बस्ने ४० वर्षीय रविन आचार्य र बेथानचोक–२ बस्ने ५० वर्षीय शिव विक्रम केसी रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
प्रहरीका अनुसार, दुर्घटनामा परेर दुबै जना गम्भीर घाइते भएका थिए । घाइते उनीहरुको उपचारको क्रममा सिरमेमोरीयल अस्पतालमा मृत्यु भएको हो ।
यस्तै, सोही दुर्घटनामा परेर बेथानचोक–२ बस्ने ४५ वर्षीया सारदा तिमल्सिना घाइते भएकी छन् । उनको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
