गुल्मीमा जंगली च्याउ खाँदा ३ जना बिरामी

तु खबर संवाददाता
२०८० कार्तिक १४, मंगलवार ०९:३६
file photo

गुल्मी । गुल्मीको इस्मा गाउँपालिका–६ बुल्म जंगली च्याउ खाँखाखाएर तीन जना बिरामी परेका छन् ।

बिरामी हुनेहरुमा स्थानीय ३९ वर्षीया सरिता कुमाल, ११ वर्षका विमल कुमाल र ८ वर्षीया सुस्मा कुमाल रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रहरीका अनुसार, उनीहरुको अवस्था मध्यम रहेको र थप उपचारको लागि पाल्पास्थित मिसन अस्पतालमा उपचारको लागि लगिएको छ ।