कतारमा पक्राउ परेका भारतीय नागरिकलाई मृत्युदण्डको फैसला

तु खबर संवाददाता
२०८० कार्तिक १०, शुक्रबार ०९:०८

काठमाडौं । कतारको दोहामा पक्राउ परेका आठ जना भारतीय नागरिकलाई मृत्युदण्डको फैसला सुनाइएको छ ।

पक्राउ परेका पूर्व नौसैनिक अधिकारीहरुलाई कतारको अदालतले मृत्युदण्डको फैसला सुनाएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

विदेश मन्त्रालयले फैसलाबाट आफू स्तब्ध भएको र अब विस्तृत फैसलाको प्रतिक्षामा रहेको जनाएको छ ।

सन् २०२२ को अक्टोबरदेखि कतारमा रहेका ती आठ भारतीय नागरिकमाथि पनडुब्बी कार्यक्रमका लागि जासुसी गरेको आरोप लागेको थियो ।

नयाँ दिल्लीले ती आठ जना भारतीयलाई सल्लाहका लागि पहुँच प्रदान गरेको थियो र उनीहरूको रिहाइका लागि काम गरिरहेको थियो ।