मकवानपुरको बकैयामा बस दुर्घटना हुँदा ३६ जना घाइते

तु खबर संवाददाता
२०८० कार्तिक ४, शनिबार ०८:४५

मकवानपुर । धरान–चतरा सडक अन्तरगत पर्ने मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ५ मा शुक्रबार बस दुर्घटना ३६ जना घाइते भएका छन् ।

हेटौंडाबाट बकैया जुईना जाँदै गरेको ना ४ ख ३९८८ नम्बरको बस बकैया–५ श्रीपुर ओरालोमा दुर्घटना हुँदा ३६ जना घाइते भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिएका छन् ।

दुर्घटनामा घाइते भएकामध्ये बकैया–७ बस्ने वर्ष २० वर्षीया शुस्मा माझीको अवस्था गम्भीर रहेको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।

उनका अनुसार, घाइते सबैको हेटौँडा अस्पतालमा उपचार भइरहको छ । उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।