बकैयामा पहिलो पटक दौड प्रतियोगिता हुँदै

तु खबर संवाददाता
२०८० कार्तिक २, बिहीबार १५:५१
file-photo

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा पहिलो पटक दौड प्रतियोगिता ‘बकैया रन’ हुने भएको छ ।

नेपालीहरुको महान पर्व बडादसैँको अवसरमा बकैया एथलेटिक्स संघले बकैया खेलकुद विकास समितिको समन्वयमा यही कात्तिक ३ गतेबाट ‘बकैया रन’ प्रतियोगिताको आयोजना गर्न लागेको हो ।

बकैया–३ को हात्तीसुँडेमा हुन लागेको गाउँपालिका स्तरीय ५ किमि दौड प्रतियोगितामा गाउँपालिका भित्रका खेलाडीहरुले मात्र सहभागि हुन पाउने आयोजकले जनाएको छ ।

प्रतियोगिताको बिजेताले ५ हजार रुपैयाँ, उपबिजेताले ३ हजार रुपैयाँ नगदसहित मेडल तथा प्रमाणपत्र प्राप्त प्राप्त गर्नेछन् ।

यसैगरी, तेस्रो र सान्त्वना हुने खेलाडीले क्रमशः २ हजार र १ हजार रुपैयाँ नगदसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।