‘कानुनलाई कार्यान्वयन गरी परिणाममुखी बनाउनेमा सरकार प्रतिबद्ध छ’

तु खबर संवाददाता
२०८० कार्तिक १, बुधबार १६:१३
file-photo

मकवानपुर । बागमती प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले ऐन कानुनलाई कार्यान्वयन गरी परिणाममुखी बनाउनेमा सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

मन्त्री श्रेष्ठले बुधबार हेटौंडामा शुभकामना आदानप्रदान तथा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रदेश सरकारद्धारा निर्माण गरिएका ऐन कानुनलाई कार्यान्वउन गरी रणाममुखी बनाउनेमा सरकार प्रतिवद्ध रहेको बताएका हुन् ।

उनले प्रदेश सरकार संघीयतालाई कार्यान्वयन गर्दै प्रदेश निजामती ऐन पारिस गर्दै कर्मचारी व्यवस्थापन र परिचालन गरिएको बताए ।

प्रदेश सरकारले ऐन कार्यान्वयन गरेर २ जना कर्मचारीलाई ११ औं तहमा बढुवा गर्नुका साथै प्रदेशमा तामाङ र नेपाल भाषालाई सरकारी कामकाजमा प्रयोग गर्न संसदबाटै ऐन पास गरी कार्यान्वयनमा ल्याइएको उनको भनाई छ ।

मन्त्री श्रेष्ठले प्रदेशबासीलाई शुभकामना व्यक्त गर्दै पर्वहरुलाई समान रुपमा सबैले मनाउन आग्रह गरे ।