कतिमा कारोबार हुँदैछ आज सुनचाँदी ?

तु खबर संवाददाता
२०८० आश्विन ३०, मंगलवार १५:२५

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुनचाँदीको भाउ घटेको जानकारी दिएको छ ।

महासंघका अनुसार, हिजो सोमबारको तुलनामा आज सुनको भाउ प्रतितोलामा ४०० र चाँदीको भाउ प्रतितोलामा १५ रुपैयाँले घटेको जानकारी दिएको हो ।

भाउ घटेसँगै आज छापावाल सुनको भाउ प्रतितोला १ लाख ११ हजार ९०० र तेजाबी सुनको भाउ प्रतितोला १ लाख ११ हजार ३५० रुपैयाँ कायम छ ।

यसअघि सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ७५० रुपैयाँ कायम थियो ।

यस्तै, आज चाँदीको मूल्य तोलामा १ हजार ३ सय ७५ रुपैयाँ कायम भएको छ । आज तोलामा १५ रुपैयाँले घटेको चाँदी हिजो सोमबार १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।