धादिङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

तु खबर संवाददाता
२०८० आश्विन २८, आईतवार १८:१८
सांकेतिक तस्वीर

मलेखु । धादिङको गङ्गाजमुना गाउँपालिका–४ गुम्दीमा जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

धादिङबेँसीबाट रिगाउँको तावल जाँदै गरेको मे १ ज २६६९ नं जिप अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा गङ्गाजमुना–२ का १४ वर्षीय अनुरोध तामाङ रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

प्रहरीका अनुसार, दुर्घटनामा दुई बालकसहित पाँच जना घाइते भएका छन् । घाइतेको गुम्दी स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।