हेटौंडामा जे एण्ड बि बारिस्ता एकेडेमी ट्रेनिङ्ग सेन्टरको उद्घाटन

तु खबर संवाददाता
२०८० आश्विन २८, आईतवार १७:१५

मकवानपुर । बागती प्रदेशको राजधानी हेटौंडामा जे एण्ड बि बारिस्ता एकेडेमीे ट्रेनिङ्ग सेन्टरको उद्घाटन गरिएको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ स्थित भुटनदेवी स्कुलको २ नम्वर गेट अगाडि रहेको उक्त ट्रेनिङ्ग सेन्टरको प्रतिनिधि सभा सदस्य दिपकबहादुर सिंहले एक कार्यक्रमबीच आइतबार उद्घाटन गरेका हुन् ।

उक्त ट्रेनिङ्ग सेन्टर ३० लाख रुपैयाँ लगानीमा सुरु गरेको ट्रेनिङ्ग सेन्टरका प्रो. जगदिश विडारीले बताए ।

जे एण्ड बि कफिले विगत ४–५ वर्षदेखि सेवा प्रधान गर्दै आएको छ । यस ट्रेनिङ्ग सेन्टरबाट ट्रेनिङ्ग प्राप्त विद्ययार्थीहरु युरोप, क्यानडा र अस्ट्रेलिया जस्ता विभिन्न देशमा गएर कामगर्दै गरेको ट्रेनिङ्ग सेन्टरका प्रो. विडारीले बताए ।