महिला मिलन साकोसको अध्यक्षमा मिना थापा सर्वसम्मत

तु खबर संवाददाता
२०८० आश्विन २७, शनिबार १८:०७

मकवानपुर । महिला मिलन बचत तथा ऋण सहकारी संस्था (साकोस) हेटौंडा–१३ को अध्यक्षमा मिना थापा सर्वसम्मत चयन भएकी छन् ।

सहकारीको शनिबार सम्पन्न २३ औं वार्षिक साधारणसभाबाट थापाको संयोजकत्वमा ९ सदस्यी कार्यसमिति चयन गरिएको हो ।

यस्तै, सहकारीको उपाध्यक्षमा दिपा लामा, सचिवमा शर्मिला दोङ, कोषाध्यक्षमा रमा कुमारी रिसाल चयन भएका छन् ।

यसैगरी, सदस्यहरुमा क्रमशः अस्मिता गिरी, एलिशा तामाङ, निशा मुक्तान, उमा लोप्चन, सकुन्तला विश्वकर्मा रहेका छन् ।

यस्तै, सहकारीको लेखा समिति संयोजकमा विष्णुमाया लामा, लेखा समिति सदस्यहरुमा सुजता तामाङ र हेमकला सुवेदी चयन भएका छन् ।

कार्यक्रम संस्थाका अध्यक्ष विष्णुमाया लामाको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिनाकुमारी लामाको प्रमुख आतिथ्यतामा भएको हो ।

यस्तै, सो क्रममा पत्रकारमार्फत सहकारी विकासको लागि योगदान पुर्याएको भन्दै सहकारीले तु खबर डटकमका संवाददाता सन्देश थिङलाई नगदसहित सम्मान गरेको थियो ।

साथै सहकारीले २१ जना जेष्ठ सदस्यलाई पनि सम्मान गरेको थियो ।