आज कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

तु खबर संवाददाता
२०८० आश्विन २६, शुक्रबार १५:४८

काठमाडौं । आन शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ६ सय रुपैयाँले बढ्दै १ लाख १० हजार एक सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महाशाखाका अनुसार, तेजाबी सुनको मूल्य पनि आज तोलामा ६ सय रुपैयाँले नै बढ््दै १ लाख ९ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले घट्दै प्रतितोला एक हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला एक हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।