बागमतीका तीन जना कर्मचारी ११ औं तहमा बढुवा

तु खबर संवाददाता
२०८० आश्विन २४, बुधबार ०९:१७
बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, हेटौंडा । तस्बिरः तु खबर ।

मकवानपुर । बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले तीन जना कर्मचारीलाई ११ औं तहमा बढुवा गरेको छ ।

कार्यालयले बुधबार एक सूचना जारी गर्दै बागमती प्रदेशको यही असोज २३ गतेको बढुवा समितिको निर्णय अनुसार तीन जना कर्मचारीलाई ११ औं तहमा बढुवा गरेको जानकारी गराएको हो ।

कार्यालयले कृषि तर्फबाट प्रमुख ११ औं तहमा सुधीर श्रेष्ठ र नारायण कुमार श्रेष्ठलाई बढुवा गर्ने निर्णय गरेको जारी सूचनामा उल्लेख छ ।

त्यसैगरी, भेटेरिनरी तर्फबाट डा. गौरीमान श्रेष्ठलाई ११ औं तहमा बढुवा गर्ने निर्णय गरेको जनाएको छ ।