बागमती किनारमा युवक मृत फेला

तु खबर संवाददाता
२०८० आश्विन २४, बुधबार ०८:३७
सांकेतिक तस्वीर

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित बागमती नदी किनारमा एक युवक मृत अवस्थामा फेला परेका छन् ।

बुद्धनगर बस्ने अन्दाजी २० वर्षीय विमल महरा नदी किनारको झाडीमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा प्रहरी वृत्त बानेश्वरको टोली पुगेर अनुसन्धान थालेको छ । घटनास्थलमा रगत र सिरिन्ज भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

उनी लागूऔषध प्रयोगकर्ता भएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको र घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।