हेटौंडामा असोज २७ गते साइकल रन प्रतियोगिता हुने
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा यही असोज २७ गते शनिबार दोस्रो संस्करणको साइकल रन प्रतियोगिता हुने भएको छ ।
वडा दशैँ, शुभ दिपावली तथा छठ पर्वको अवसरमा हेटौंडा उपमहानगरपालिकाको आयोजना र मकवानपुर जिल्ला साईक्लिङ्ग संघको समन्वयमा उक्त प्रतियोगिता हुने भएको हो ।
२५ किलोमिटरको दूरी पार गर्नुपर्ने प्रतियोगितामा १६ वर्ष पूरा भई ६० वर्ष उमेर समूहका नागरिकले सहभागिता जनाउन पाउने संघका अध्यक्ष संगीत श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार, प्रतियोगिता असोज २७ गते बिहान ७ बजे हेटौंडा–४ हुप्रचौरबाट सुरु हुनेछ ।
प्रतियोगितामा प्रथम हुनेले ५० हजार रुपैयाँ, द्वितीय हुनेले ३० हजार रुपैयाँ र तृतीय हुनेले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
साथै प्रोत्साहन पुरस्कार स्वरुप दुई जनालाई १०–१० हजार रुपैयाँ प्रदान गरिने संघका अध्यक्ष श्रेष्ठले बताए ।
