गेस्ट हाउसमा मृत भेटिइन् युवती
काठमाडौं । काठमाडौंका सुन्धारास्थित एक गेष्ट हाउसमा युवती मृत अवस्थामा भेटिएकी छन् ।
काठमाडौं महानगरपालिका–११ सुन्धारास्थित श्रीगुरु गेस्ट हाउसमा २० वर्षिया युवती भूमिका राउत मृत अवस्थामा भेटिएकी हुन् ।
ललितपुरको इमाडोल घर भएकी राउत असोज ८ गतेदेखि सो गेस्ट हाउसमा बस्दै आएकी थिइन् । सोमबार उनी मृत अवस्थामा भेटिएकी प्रहरीले जनाएको छ ।
उक्त घटनाको बारेमा प्रहरी वृत्त जनसेवाले अनुसन्धान गरिरहेको जनाएको छ ।
