सुदूरपश्चिम विश्वविद्यालयमा आज शोक विदा
काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयले आज शोक विदा दिएको छ । इजरायल–प्याल्स्टाइन युद्धको चपेटामा परी विद्यार्थीको मृत्यु भएकोले विश्ववियालयले आज शोक विदा दिएको हो ।
प्यालेस्टाइनको हमास समूहको आक्रमणमा सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायल गएका १० जना विद्यार्थीको मृत्यु भएको छ ।
एग्रिकल्चर अध्ययन गर्ने विद्यार्थीहरू दक्षिण इजरायलको किवुज अलमुम भन्ने ठाउँमा कार्यरत थिए । यही असोज २० गते प्यालेस्टाइनको हमास लडाकु समूहले उक्त स्थानमा आक्रमण गर्दा उनीहरुको मृत्यु भएको हो ।
केही विद्यार्थी घाइते भएका छन् । उनीहरूको उद्धार गरी नेपाल ल्याउने पहल सुरु भएको छ ।
