पाल्पामा पहिरोले डोजर पुरिँदा खड्काको मृत्यु

बुटवल । पाल्पा सडक मर्मत गर्ने क्रममा पहिरोले डोजर पुरिँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा डोजर चालक दाङ शान्तीनगर गाउँपालिका १ बस्ने अन्दाजी ३० वर्षीय धनबिर खड्का रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, पाल्पा रामपुर नगरपालिका–१० टोक्सेमा सडकखण्ड मर्मत गर्ने क्रममा बा २ क १९५७ नम्बरको डोजर सुक्खा पहिरो खसेर पुरिँदा खड्काको मृत्यु भएको हो ।
पहिरोले परिएर गम्भीर घाइते भएका उनको मिसन अस्पताल पाल्पामा उपचारको क्रममा सोमबार विहान मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ ।
उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।