अफगानिस्तानमा भूकम्पमा परी मृत्यु हुनेको संख्या २००० पुग्यो

तु खबर संवाददाता
२०८० आश्विन २१, आईतवार १६:२७

काठमाडौं । अफगानिस्तानमा आएको भीषण भूकम्पमा परी मृत्यु हुनेको संख्या २ हजार पुगेको छ ।

समाचार एजेन्सी एपीका अनुसार तालिबानका प्रवक्ताले पश्चिमी अफगानिस्तानमा मृत्यु हुनेको संख्या २ हजार पुगेको जानकारी दिएका छन् ।

अधिकारीका अनुसार यो भूकम्पका कारण ९ हजारभन्दा बढी घाइते भएका छन् । भूकम्पका कारण ४६५ भन्दा बढी घर ध्वस्त भएका छन् भने १३५ वटामा क्षति पुगेको छ ।

स्थानीय प्रशासनले उद्धार कार्य र राहत अभियान जारी रहँदा मृतकको संख्या थप बढ्न सक्ने आशङ्का गरेका छन् ।