सुक्खा पहिरोका कारण पृथ्वीराजमार्ग अवरुद्व

तु खबर संवाददाता
२०८० आश्विन २१, आईतवार ०८:५६
file-photo

तनहुँ । तनहुँको म्याग्दे–६ तुरतुरे मौरीबजारस्थित सरेको सुक्खा पहिरोका कारण पृथ्वीराजमार्ग अवरुद्व भएको छ ।

जेसिबीको माध्यमबाट पहिरो हटाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

राजमार्ग अवरुद्व हुँदा सयौँ सवारीसाधन रोकिएका छन् । सुक्खा पहिरो झरिरहेकाले हटाउन समस्या भइरहेको जनाइको छ ।