विद्यालय शिक्षा विधेयकमाथि सैद्धान्तिक छलफल सकियो
काठमाडौं । प्रतिनिधि सभामा विद्यालय शिक्षा विधेयकमाथि सैद्धान्तिक छलफल सकिएको छ । शुक्रबार भएको छलफलमा ८५ जना सांसदले सहभागिता जनाएका थिए ।
सांसदहरुले प्रस्तावित विधेयकले संविधानको मर्म र भावना बोके नबोकोको विषयमा धारणा राखेका छन् । संविधानमा आधारभुत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क भनिएपनि कार्यान्वयन भएको उल्लेख गरेका थिए ।
शिक्षकहरुसँग भएको सहमति कार्यान्वयनको सुनिश्चितता पनि खोजेका छन् । साथै उनीहरुले शैक्षिक बेरोजगारलाइ ख्याल गर्नुपर्नेमा जोड दिएका थिए ।
२०२८ सालमा आएको विधेयकलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक बनाउने गरी सरकारले गत भदौं २७ गते विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभामा दर्ता गरेका थियो । शुक्रबार सैद्धान्तिक छलफल भएको छ ।
सभामुख देवराज घिमिरले प्रतिनिधि सभाको अर्को बैठक असोज २१ गते दिउँसो १ बजे बस्ने जानकारी दिए । उनका अनुसार, उक्त बैठकमा शिक्षा विधेयकमागि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिनेछन् ।
