भिरबाट लडेर अमेरिकी नागरिकको मृत्यु
मनाङ । हिमाली जिल्ला मनाङ जाने क्रममा भिरबाट लडेर एक जना विदेशी नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा अमेरिकी नागरिक ६९ वर्षीय चाल्स केथ डेभिज रहेका छन् ।
डेभिज बुधबार श्रीमती वेथ एन फोड्रियत, पथप्रदर्शक, चालक र पोटरसहित बा६च ७५६ नम्बरको गाडीमा लमजुङबाट मनाङ सदरमुकाम चामे जाँदै थिए । बेँसीसहर–चामे सडकखण्डअन्तर्गत मनाङको नासों गाउँपालिका–३ खोत्रोडाँडाबाट सडकमा झरेको ढुङ्गा पन्छाउने क्रममा बुधबार राति उनी सडकबाट करिब सय मिटर तल मस्र्याङ्दी नदी किनारमा खसेका थिए ।
भिरबाट लडेरका उनलाई राति नै उद्धार गरी उपचारका लागि मनाङ जिल्ला अस्पताल चामे लगिएकोमा बिहीबार सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको मनाङ प्रहरीले जनाएको छ ।
मृतक डेभिजको शव परीक्षणका लागि हेलिकोप्टरमा बिहीबार त्रिवि शिक्षण अस्पताल काठमाडौं लगिएको प्रहरीले जनाइएको छ ।
