बागमती प्रदेश सभा बैठक आह्वान

तु खबर संवाददाता
२०८० आश्विन १८, बिहीबार १७:५५

मकवानपुर । बागमती प्रदेश सभाको बैठक आह्वान गरिएको छ । प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बिहीबार एक सूचना जारी गर्दै सो बारे जानकारी गराएको हो ।

जारी सूचना अनुसार, बैठक प्रदेश सभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम यही असोज २१ गते दिउँसो ३ बजे बस्ने गरी आह्वान गरिएको हो ।

बागमती प्रदेश सभा बैठक यसअघि असोज १७ गते बुधबार बसेर अनिश्चितकालका लागि स्थगित गरिएको थियो ।