एमाले गण्डकी प्रदेश : ५०० मत खस्यो
पोखरा । नेकपा एमाले गण्डकीको अधिवेशन अन्तर्गत हाल मतदान जारी छ । विद्युतीय मिसेनबाट भइरहेको मतदानमा हालसम्म ५०० मत खसेको छ ।
९ सय ७ मतदाता रहेकोमा मतदान सुरु भएको करिब साढे ४ घण्टामा ५०० मत मात्रै खसेको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समितिका अनुसार, मतदानमा ३३ वटा भोटिङ मेसिन प्रयोग भएको छ । एक जनाले मतदान सक्न ३५ मिनेटसम्मको समय लाग्नेछन् ।
मतदानका लागि साढे ५ बजेसम्मको समय दिइएको छ ।
पोखरा सभागृहमा जारी अधिवेशनले पाँच पदाधिकारीसहित १ सय ६२ सदस्यीय नयाँ नेतृत्व निर्वाचित गर्नेछ ।
अधिवेशनमा गण्डकीका ११ जिल्लाबाट ९ सय ७ प्रतिनिधिले मतदान गर्दैैछन् । गण्डकी एमालेमा दुई समूह चुनावी प्रतिस्पर्धामा छन् । प्रदेश अध्यक्षका लागि नवराज शर्मा र मायानाथ अधिकारीबीच प्रतिस्पर्धा हुँदैछ ।
