नेप्सेमा दोहोरो अंकको गिरावट

तु खबर संवाददाता
२०८० आश्विन १८, बिहीबार १६:३६

काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ११ अंकले घटेर १९५६ को विन्दुमा कायम भएको हो ।

यस्तै, आज ३५ लाख ६२ हजार ६२४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १० करोड ६५ लाख १९ हजारको कारोबार भएको छ ।

यसअघि बिहीबार नेप्से परिसूचक ९ अंकले बढेर १९६७ को विन्दुमा कायम भएको थियो भने नेप्सेमा ४३ लाख २३ हजार २१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १८ करोड ९९ लाख ३१ हजारको कारोबार भएको थियो ।

आज ४८ कम्पनीको शेयरमूल्य बढ्दा १७२ कम्पनीको शेयरमुल्य घटेको छ ।नेप्सेमा गिरावट आएसँगै आज १२ वटा उपसूचकमा रातो पोतिएको छ ।