इन्जिनियरिङ अध्ययन संस्थानको प्रवेश परीक्षा स्थगित
काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थानले भर्नाका लागि गरिने प्रवेश परीक्षा अनिश्चितकालका लागि स्थगित भएको छ ।
डीन कार्यालयका शाखा अधिकृत निरजकुमार वैद्यले एक सूचना सार्वजनिक गर्दै अर्को सूचना नआएसम्म परीक्षा स्थगित भएका जानकारी गराएका हुन् ।
शाखा अधिकृत वैद्यले सार्वजनिक गरिएको सूचनामा प्रवेश परीक्षा बोर्ड पदाधिकारीहरुले संयुक्त राजीनामा दिएको कारण इन्जिनियरिङ अध्ययन संस्थान डीन कार्यालयको १६ गतेको निर्णय अनुसार अर्को सूचना प्रकाशित नभएसम्म स्थगन गरेको उल्लेख गरेका छन् ।
उनले प्रवेश परीक्षाका नयाँ कार्यक्रम सम्बन्धी सूचनाहरु प्रवेश परीक्षा बोर्डको वेबसाइटमार्फत जानकारी गराउने बताएका छन् ।
