हेटौंडाका एक युवक मृत अवस्थामा फेला

तु खबर संवाददाता
२०८० आश्विन १७, बुधबार १५:४३
सांकेतिक तस्वीर

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडास्थित आज बिहान एक युवक मृत अवस्थामा फेला परेका छन् ।

बिहान ९ बजेको समयमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ प्वाले बस्ने अन्दाजी २४ वर्षीय महेश थापा मगर मृत अवस्थामा फेला परेको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, महेश आफ्नै घर पछाडी बारीमा रहेको बकाईनोको रुखमा नाईलनको डोरीको पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।