प्रधानमन्त्री प्रचण्ड र एमसीसीकी सीईओबीच भेटवार्ता

तु खबर संवाददाता
२०८० आश्विन १६, मंगलवार १०:२५

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत एलिस पी अल्ब्राइटबीच भेटवार्ता भएको छ ।

आइतबार साँझ काठमाडौं आइपुगेको अल्ब्राइटको टोलीले आज प्रधानमन्त्री प्रचण्डलाई भेट्न पुगेकी हुन् ।

प्रचण्ड र अलब्राइटबी एमसीसी परियोजना र नेपाल–अमेरिका सहयोगका विविध क्षेत्रमा छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

एमसीसी कार्यान्वयनको औपचारिक सुरुवात भएको एक महिनापछि अलब्राइटको नेतृत्वमा अमेरिकी प्रतिनिधिमण्डल काठमाडौं आएको हो । गत भदौ १३ गते एमसीसी कार्यान्वयनको औपचारिक सुरुवात भएको थियो ।