दाङमा डेंगू संक्रमणबाट एक जनाको मृत्यु

तु खबर संवाददाता
२०८० आश्विन १५, सोमबार १३:०७
file-photo

बुटवल । दाङमा आज बिहान डेंगू संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रोल्पास्थित माडी गाउँपालिका वडा नम्बर २ निवासी ५१ वर्षिय यज्ञबहादुर डाँगी रहेका छन् ।

उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको अस्पतालका निमित्त डाइरेक्टर डा. रमेश कडेलले जानकारी दिए ।

उनका अनुसार, आइतबार उपचारका लागि प्रतिष्ठानमा भर्ना भएका थिए ।