ज्येष्ठ नागरिक दिवसमा हेटौंडाका ९५ जना सम्मानित
मकवानपुर । मकवानपुरको हेटौंडामा ९५ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । हेटौंडा उपमहानगरपालिकाले ३३ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा उनीहरुलाई सम्मान गरेको हो ।
हेटौंडा उपमहानगरपालिकाको १९ वटै वडामा रहेका ६० वर्षदेखि ११२ वर्ष उमेर समूहका जेष्ठ नागरिकलाई सम्मान गरेको उपमहानगरपालिकाले जनाएको छ ।
कार्यक्रममा प्रत्येक वडाका गरिब तथा विपन्न ५÷५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको हो ।
उपमहानगरपालिका प्रमुख मीना कुमारी लामाले सम्मानस्वरुप एक थान कम्बल, एउटा लौरो र मोबाईल फोन प्रदान गरेकी थिइन् । सम्मान कार्यक्रममा ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण समेत गरिएको थियो ।
