पर्वतमा बाढीमा बगेर बेपत्तामध्ये एक जनाको शव फेला

तु खबर संवाददाता
२०८० आश्विन १४, आईतवार ०८:५४
सांकेतिक तस्वीर

पोखरा । पर्वतको कुश्मा नगरपालिका–७ र ८ को सिमाना तमादीखोलामा बाढीमा बगेर जीपसहित बेपत्ता भएकामध्ये एक जनाको शव फेला परेको छ ।

शनिबार साँझ साँझ बागलुङदेखि पोखराका लागि छुटेको ग १ ज ६३१३ नम्बरको टाटा सुमो जीप बाढीले बगाएर बेपत्ता पारेको थियो । जीपसँगै बेपत्ता भएका तीन जनामध्ये एक जनाको शव फेला परेको पर्वत प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, बेपत्तामध्ये बिहान उछिट्टिएको अवस्थामा तिलोत्तमा नगरपालिका वडा नम्बर ९ निवासी गोपालप्रसाद बस्यालको शव फेला परेको हो ।

जीप भने ३०० मिटर तल मोदी किनारमा फेला परेको छ । दुई जना अझै बेपत्ता छन् । बिहानैदेखि बेपत्ता २ जनाको खोजी कार्य भइरहेको छ ।गाडी चालकले भने आफू भागेर बाँच्न सफल भएको बताइएको छ । उनी अहिले प्रहरी नियन्त्रणमा रहेका छन् ।

गाडी रोक्न पछाडि पांग्रामा ढुंगाको आड लगाउँदा लगाउँदै बाढी आएपटि आफू भागेको तर, ३ जनासहित जीपलाई भने बगाएकोे चालकले प्रहरी समक्ष बयान दिएका छन् ।