हेटौंडा–२ संगमचोक क्षेत्रमा बजार अनुगमन

तु खबर संवाददाता
२०८० आश्विन १०, बुधबार १०:०६
file-photo

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ संगमचोक क्षेत्रमा मंगलबार अनुगमन गरिएको छ । संगमचोक क्षेत्रमा रहेका किराना पसल, होटल र रेष्टुरेन्ट, मिठाई पसलमा अनुगमन गरिएको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, हेटौंडाको संयोजकत्वमा भएको उक्त अनुगमन  टोलीले ७ वटा किराना पसल र ४ वटा होटल, रेष्टुरेन्ट र मिठाई पसलको अनुगमन गरेको हो ।

सो क्रममा कैफियत देखिएका व्यवसायहरुमा कैफियत सुधारका लागि निर्देशन दिइएको र विभिन्न खाद्य व्यवसायहरुबाट म्याद गुज्रिएका २.५ केजी चिया, १५ बोतल पेय पदार्थ, ३ केजी मसलाजन्य पदार्थ र ४ केजी सुजि नष्ट गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको सुचना अधिकारी प्रगति अधिकारीले जानकारी दिइन् ।

अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय मकवानपुर, हेटौंडा उपमहानगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला प्रहरी कार्यालय, मकवानपुर, उपभोक्ता हित संरक्षण मंच मकवानपुर, उद्योग वाणिज्य संघ मकवानपुर र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।