कतिमा कारोबार हुँदैछ मंगलबार सुनचाँदी ?

तु खबर संवाददाता
२०८० आश्विन ९, मंगलवार १६:२४

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको जानकारी दिएको छ । महासंघले आज सुनको भाउ प्रतितोला ४०० रुपैयाँ र चाँदीको भाउ प्रतितोला ३० रुपैयाँले घटेको जानकारी दिएको हो ।

महासंघका अनुसार, भाउ घटेसँगै आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार ८०० र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि हिजो सोमबार छापावाल सुनको भाउ तोलामा १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुनको भाउ तोलामा १ लाख ११ हजार ६०० रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको मूल्य समेत तोलामा ३० रुपैयाँले घटेर कारोबारमा आएको छ । महासंघले आज चाँदी १ हजार ४०० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको जनाएको छ । यसअघि सोमबार चाँदी प्रतितोला १ हजार ४३० रुपैयाँमा कारोबार भएको थियो ।