मकवानपुरमा थप २५ जना डेंगू संक्रमण पुष्टि

तु खबर संवाददाता
२०८० आश्विन ७, आईतवार १६:५४
file-photo

मकवानपुर । मकवानपुरमा थप २५ जनानमा डेंगू संक्रमण पुष्टि भएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा उनीहरुमा डेंगू संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा हेटौंडा उपमहानगरपालिकाका २४ जना र भीमफेदी गाउँपालिकाका १ जनामा डेंगू संक्रमण पुष्टि भएको हो ।

यससँगै जिल्लामा गत साउन १ गतेदेखि आजसम्म डेंगू संक्रमितको कूल संख्या ४९५ पुगेको छ । जसमा सबैभन्दा धेरै संक्रमित हेटौंडा उपमहानगरपालिमा रहेका छन् । त्यहाँ ३४७ जनामा डेंगू संक्रमण पुष्टि भएको छ ।

यसैगरी, थाहानगरपालिकाका एक जना, मकवानपुरगढी गाउँपालिकाका ८ जना, बागमती गाउँपालिकाका २२ जना, मनहरी गाउँपालिकाका ४१ जना, इन्द्रसरोवर गाउँपालिकाका २ जना, भीमफेदी गाउँपालिकाका १२ जना, बकैया गाउँपालिकाका १५ जना र राक्सिराङ गाउँपालिकामा १ जनामा डेंगू संक्रमण पुष्टि भएको छ ।

यस्तै, सो अवधिमा हेटौंडामा अस्पतालमा ४० जना र अन्य जिल्लाका ६ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

त्यस्तै, सो अवधिमा जिल्लामा डेंगू संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–१३ का एक जना पुरुष रहेका छन् ।